भारतमा कोरोनाले एकैदिन ८०३ जनाको मृत्यु

२०७७ श्रावण २० मङ्गलबार, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ५२ हजार ५० संक्रमित थपिएका छन् । त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ पछिल्लो २४ घण्टामा ८०३ जनाको मृत्यु भएको छ ।

त्यहाँ हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको छ भने ३८ हजार ९३८ जनाको मृत्यु भएको छ । पछिल्लो १५ दिनमा कोरोना संक्रमणदर लगातार बढिरहेको छ । यद्यपी भारत सरकारले भने अन्य देशको तुलनामा यो कम भएको दाबी गर्दै आएको छ ।

कोरोना संक्रमित देशहरुको सूचीमा भारत तेस्रो स्थानमा छ । अमेरिका पहिलो स्थानमा छ भने दोस्रो स्थानमा ब्राजिल छ । मृत्युको केसमा भने भारत अमेरिका, ब्राजिल र यूकेभन्दा पछि छ ।

भारतीय एजेन्सी इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार भारतमा आजसम्म दुई करोड बढीको कोरोना परीक्षण गरिएको छ । आइसीएमआरका अनुसार भारतमा ३ अगष्टसम्म दुई करोड ८ लाख ६४ हजार ७५० जनाको परीक्षण गरिएको छ । ८ अगष्टमा करिब ६ लाख ११ हजारभन्दा बढीको स्याम्पल लिइएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार