कर्नाटकका पूर्व मुख्यमन्त्रीलाई पनि कोरोना संक्रमण पुष्टि

२०७७ श्रावण २० मङ्गलबार, एजेन्सी । भारतमा दिनहुँ संक्रमण दर बढिरहँदा त्यहाँका नेता, मन्त्रीहरूमा समेत संक्रमण देखिन थालेकाे छ ।

भारतको कर्नाटकका पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता सिद्धरमहियामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आफैँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यसबारे पुुिष्ट गरेका हुन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न पनि आग्रह गरेका छन् ।

‘मेरो परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएको छ र चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना भएको छु । मसँग सम्पर्कमा आउनु भएका सबैजनालाई क्वारेन्टाइनमा बस्न र परीक्षण गराउन आग्रह गर्छु’, उनले ट्विटमा लेखेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार