एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि रंगेलीमा निषेधाज्ञा

२०७७ श्रावण २० मङ्गलबार, विराटनगर । मोरङको रंगेली नगरपालिकाले कोरोनाभाइरस कोभिड १९ संक्रमण रोकथामका लागि तीनदिन नगरपालिकाका विभिन्न वडामा बन्दको आव्हान गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीका अनुसार नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडा पूर्ण रुपमा सिल गरिएको जानकारी दिए। केहीदिन अघि मुख्यबजार क्षेत्रमा ७३ वर्षीय उमेरका बृद्धको मृत्यु भएपछि भेला भएका एकैपरिवारका १४ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

मृतकको घर पुग्ने र परिवारका अन्य सदस्यहरुको पहिचान गर्दै सबैको स्वाब नमूना संकलन कार्य भइरहेको उनको भनाई छ । मृतक परिवारका सदस्यहरु भारतको दिल्लीदेखि काठमाडौँबाट रंगेली घर आएका थिए । नगरपालिकाका अनुसार करिब १ महिनाअघि मृतकका छोरी दिल्लीबाट आएकी थिइन्।

दिल्लीबाट आउने क्रममा उनलाई विराटनगर वडा नम्बर १० बाट होटल क्वारेन्टिनमा बस्नका लागि अनुमति दिएको नगरपालिकाले जनाएको छ । सोही वडाको सिफारिसको आधारमा उनी रंगेली आएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।

नगरपालिकाले बजार क्षेत्र, बजारको पूर्व मधुवनी चौकदेखि सुनवर्षी नगरपालिका पश्चिम, चिसांग खोला, उत्तरमा निचामारी वक्राह खोला पुल, र दक्षिणमा भन्सार गेट क्षेत्रभर सिल गरेको हो । त्यसैगरि, रंगेली अस्पतालको आकश्मिक सेवाबाहेकका सबै सेवाहरु अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बन्द गरिएको छ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार