प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक, लकडाउनबारे के होला निर्णय ?

२०७७ श्रावण २० मङ्गलबार, काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमण बढेपछि पुनः लकडाउन गर्ने वा अन्य रणनीतिमार्फत व्यवस्थापन गर्ने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय छलफल सुरु गरेका छन् । छलफलमा विज्ञ, विपक्षी दलका नेता शेरबहादुर देउवा र राजपाका नेता महन्थ ठाकुर लगायतका नेताहरु सहभागी छन् ।

कोरोना नियन्त्रण गर्ने बैठकमा नेकपाका केही नेताहरुमात्र सहभागी छन् । कोरोना भाइरस समुदायमा फैलिएको आशंकासँगै सरकारले लकडाउन खुल्ला गर्ने रणनीति परिवर्तन गर्ने विषयमा केही दिनदेखि तयारी थालेकाे थियो ।

तत्काल लकडाउन गर्नेभन्दा पनि सवारी साधनमा जोर-बिजोर लागू गर्ने तयारीमा सरकार लागेको छ । मानिसको चहलपहल घटाउने वा पुनः लकडाउन लगाउने भन्ने विषयमा बैठकपछि निर्णय हुनेछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार