श्रीनगरमा दुई दिनका लागि कर्फ्यू

२०७७ श्रावण २० मङ्गलबार, काठमाडौं । स्थानीय प्रशासनले जम्मू–कश्मीरको श्रीनगरमा दुई दिनका लागि कर्फ्यू लगाएको छ।

जम्मू–कश्मीरले पाउँदै आएको विशेष दर्जा अन्त्य भएको वर्ष दिन पुगेका बेला विरोध प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले कर्फ्यू लगाएको हो ।

सोमबार र मंगलबारका लागि श्रीनगर प्रशासनले कर्फ्यू लगाएको हो। गएको वर्ष अगस्ट ५ मा नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा प्रदान गर्ने संविधानको धारा ३७० खारेज गरेको थियो ।

योसँगै जम्मू–कश्मीरलाई केन्द्र शासित दुई प्रदेशमा विभाजित गरेको थियो। मोदी सरकारको यो फैसला अति विवादित बनेको थियो।

कश्मीरका मुख्यधारका राजनीतिक पार्टीसहित देशका धेरै विपक्षी पार्टीले यसको आलोचना गरेका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार