तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड र आयरल्यान्ड भिड्दै

२०७७ श्रावण २० मङ्गलबार, एजेन्सी । इङ्ल्यान्ड र आयरल्यान्ड बीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुदैँ छ । यी दुई टोली बीचको खेल साउथ ह्यामटनस्थित रोज बोउलमा नेपाली समयअनुसार बेलुका ६ः४५ बजेबाट सुरु हुने छ ।

आयरल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृखलामा घरेलु टोली इङ्ल्यान्ड क्लिन स्विप गर्ने योजनाका साथ मैदानमा उत्रिने भएको छ । एक खेल अगावै सिरिज इङ्ल्यान्डले जितिसकेको छ । यता आयरल्यान्ड भने सुखद अन्त्यको खोजीमा हुने छ । इङ्ल्यान्डविरुद्ध खासै राम्रो प्रदर्शनमा उत्रिन नसकेको आयरल्यान्डका कुनै पनि खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकिरहेका छैनन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार