बालुवाटार बैठकमा ओली–प्रचण्डबीच चर्काचर्की, बढ्दै संकट

२०७७ श्रावण २० मङ्गलबार, काठमाडौं । पार्टीको विवाद समाधानका लागि बसेको बैठमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ। सरकराले लगानी वोर्डमा सुशील भट्टलाई नियुक्ति गरेको विषयमा ओली–दाहालबीच चर्काचर्की परेको हो।

बिचौलियाका रुपमा चिनिएर विवादित भट्टलाई नियुक्ति गरेकोमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालले आपत्ति जनाएका थिए। विवादित व्यक्तिलाई नियुक्ति दिएको भन्दै प्रचण्ड र खनालले आपत्ति जनाएपछि केहीबेर चर्काचर्की नै भएको थियो। प्रचण्ड र खनालले आपत्ति जनाएपछि ओलीले अबदेखि कुनैपनि नियुक्ति गर्दा पार्टीको निर्णय र परामर्शमा मात्रै गर्ने जवाफ दिएका थिए।

यसैबीच पार्टी विवाद समाधान गर्न बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आज तेस्रो दिनको वार्ता पनि विना निष्कर्ष टुंगिएको छ।

करिब सवा घण्टा भएको वार्तामा दुवै पक्षले आ–आफ्नै अडान राखेका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार