अमेरिकामा पछिल्लो २४ घण्टामा १३०६ जनाको मृत्यु

२०७७ श्रावण २१  बुधबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार ३०६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ६० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ६० हजार २३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५२ हजार ५५ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ४९ लाख १५ हजार ९७१ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म २४ लाख ७९ हजार ९५५ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २२ लाख ७५ हजार ७८२ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १८ हजार ४०७ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ८०१ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ४६ हजार ६९१ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ९२४ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ८८ हजार ६४५ जना संक्रमित भएका छन् । त्यस्तै क्यालिफोर्नियामा ९ हजार ७ सयको ज्यान गएको छ भने मसाचुसेट्समा ८ हजार ६५७ जनाको ज्यान गएको छ ।

त्यस्तैगरि इलिनियोइसमा ७ हजार ७४२, टेक्सासमा ७ हजार ६६०, फ्लोरिडामा ७ हजार ४०२, पेन्सिलभेनियामा ७ हजार ३२१, मिचिगनमा ६ हजार ४७१, कोनेक्टीकटमा ४ हजार ४३७, लुसियानामा ४ हजार ५१ जना, जर्जियामा ३ हजार ९२१, एरिजोनामा ३ हजार ८४५, ओहियो ३ हजार ५७७, मेरिल्याण्डमा ३ हजार ५३०, इन्डियानामा २ हजार ९९६ र भर्जिनियामा २ हजार २४४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार