ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ९७ हजार नाघ्यो

२०७७ श्रावण २२ बिहीबार, एजेन्सी । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा १३२२ जनाको मृत्यु भएको छ ।  योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हाजर ४१८ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा कुल ५४ हजार ६५८ जना कोरोना संक्रमित भएका छन् ।  योसँगै कुल संक्रमितको संख्या २८ लाख ६२ हजार ७६१ पुगेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म २० लाख २० हजार ६३७ जना ठिक भएका छन् भने ७ लाख ४४ हजार ७०६ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै ब्राजिलमा अहिले ८ हजार ३१८ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार