ट्रम्पले कोरोनाबारे गलत दाबी गरेको भिडियो फेसबुकले हटायो

२०७७ श्रावण २२ बिहीबार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा गरेको पछिल्लो एक पोस्ट फेसबुकले हटाएको छ । कोरोना भाइरसका सम्बन्धमा गलत दाबी गरिएकाले ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री हटाइएको फेसबुकले बताएको छ ।

ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले सो अन्तर्वार्तामा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए । ट्रम्पको पोस्टले कोभिडबारे हानिकारक गलत सूचना प्रदान गरेकाले सोही नियम अनुसार हटाइएको फेसबुकले उल्लेख गरेको छ ।

फेसबुकका एक प्रवक्ताले अमेरिकी सञ्चारमाध्यमसँग बुधबार बेलुका भनेका छन्, ‘सो भिडियोमा गलत दाबी गरिएको थियो । मानिसको निश्चित समूह कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता युक्त दाबी गरिएको थियो, जुन गतल र हानिकारक हो ।’ ट्रम्पले बुधबार फक्स न्यूजको बिहानी कार्यक्रम फक्स एण्ड फ्रेण्डसमा सबै विद्यालय खोल्ने समय आएको र बालबालिकामा कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता रहेको बताएका थिए ।

ट्रम्पको दाबी भने स्वास्थ्य विज्ञको भनाई र प्रमाणित तथ्य भन्दा विपरित छ। बालबालिकामा कोरोना भाइरसको संक्रमण हुने र उनीहरुबाट अरुमा सक्ने जोखिम उस्तै रहन्छ । तर उनीहरु तुलनात्मक रुपमा संक्रमणका कारण गम्भीर बिरामी पर्ने जोखिम भने कम हुने देखिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार