विश्वभरकाे कोरोना अपडेट

२०७७ श्रावण २२ बिहीबार, एजेन्सी । कोभिड–१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ७ लाख १० हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर ७ लाख १० हजार ५३ जना मानिसको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । तथ्यांक अनुसार १ करोड, ८ लाख ९५ हजार बढि मानिस कोभिड–१९ को संक्रमणमा परेका छन् ।

तथ्यांक अनुसार अहिलेसम्म १ करोड, २१ लाख ४१ हजार बढि मानिसहरु कोभिड–१९ संक्रमणबाट मुक्त भएका छन् । नेपालमा अहिलेसम्म २१ हजार ३ सय ९० जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १५ हजार १ सय ५६ जना निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ६० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । नेपालमा एक साता यता कोरोना संक्रमितको संख्या बढ्दो छ । सरकारले लकडाउन अन्त्य गरेसँगै संक्रमितको संख्या बढेको हो ।

छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा अहिलेसम्म ४०,७५९ को मृत्यु भएको छ । जहाँ अहिलेसम्म १९,६३,२३९ कोरोना संक्रमित भइसकेका छन् । भारतमा कोभिड–१९ संक्रमणपछि निको भएर घर जानेहरुको संख्या २०,२०,६३७ पुगेको छ ।

यता अमेरिकामा अहिलेसम्म १,६१,५९६ जना कोभिड–१९ का कारण मृत्यु भएको छ । अमेरिकामा ४,९,७३,३१५ संक्रमित भइसकेका छन् । यता ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख पुग्न लागेको छ । ब्राजिलमा अहिलेसम्म ९७, ४१८ को मृत्यु भइसकेको छ ।

मेक्सिकोमा ८४, ८९६ जनाको मृत्यु भएको छ । पेरुमा २०,००७, रुसमा १४,४९०, दक्षिण अफ्रिकामा ९,२९८ को मृत्यु हुँदा स्पेनमा २८,४९९ को मृत्यु भएको छ । कोलम्बियामा ११,६२४, चीलीमा ९,७९२, इरानमा १७, ८०२ को मृत्यु भएको छ ।
यता बेलायतमा ४६, ३६४ को मृत्यु हुँदा इटालीमा ३५,१८१ को मृत्यु भएको छ । फ्रान्समा पनि कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दो छ । फ्रान्समा अहिलेसम्म ३०,३०५ को मृत्यु भइसकेको छ ।

थप जानकारीका लागि यहाँ जानुहोस्
https://coronanepal.live/

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार