भारतमा एकैदिन कोरोनाबाट ९०४ जनाको मृत्यु

२०७७ श्रावण २२ बिहीबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४० हजार ६९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६ हजार २८२ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा अहिलेसम्म एकै दिन संक्रमित भएको सबै भन्दा ठुलो संख्या हो ।  योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब १९ लाख नाघेको छ । भारतमा कुल संक्रमित १९ लाख ६४ हजार ५३७ पुगेको छ ।

भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३७ जना निकाे भएका छन् भने ५ लाख ९५ हजार ५०१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड २१ लाख ४९ हजार ३५१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६ लाख ६४ हजार ९४९ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार