प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ

२०७७ श्रावण २२ बिहीबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ । प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई कोराेना संक्रमण भएपछि प्रधानमन्त्री ओलीसमेत संक्रमणको जोखिममा परेका थिए।

मन्त्री यादव प्रहरी समायोजन सम्बन्धी साउन १७ गते बालुवाटारमा भएको बैठकमा सहभागी थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातैवटा प्रदेशका आन्तरिक मामिला मन्त्री, गृहसचिव लगायतसँगको बैठकमा सहभागी भएर फर्किएका थिए। काठमाडाैँबाट फर्किएपछि गरिएको पीसीआर परीक्षणमा मन्त्री यादवलाई कोरोना संक्रमण देखिएकाे थियो।

परीक्षण रिपाेर्टमा प्रधानमन्त्री ओलीसहित प्रधानमन्त्री कार्यालयका कसैलाई पनि कोरोना नदेखिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘प्रधानमन्त्रीलगायत प्रधानमन्त्री  कार्यालयका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,’ थापाले भने।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार