नगरपालिकाका कर्मचारीसहित परासीमा देखियो समुदाय स्तरमा कोरोना

२०७७ श्रावण २२ बिहीबार, काठमाडौं । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासीमा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ ।  समुदाय स्तरमा कोरोना संक्रमणबारे जिल्ला स्तरिय कोभिड – १९ रोकथाम तथा नियन्त्रण समितिले सबै स्थानीय तहमा परीक्षण सुरू गरेको थियो ।

सो क्रममा रामग्राम नगरपालिका क्षेत्रमा रहेका सर्वसाधरण, कर्मचारी, पत्रकार, बैक तथा वित्तीय संस्थाका कर्मचारी, होटल व्यवसायीलगाएत १ सय २९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

जसमा २ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख गौरव ढकालले जानकारी दिए । संक्रमण देखिएकामा रामग्राम नगरपालिकाका एक कर्मचारी र वडा नं १८ का एक जना छन् ।

८ जनाको रिपोर्ट आउन बांकी छ । त्यसै गरि सुनवल नगरपालिकामा ७७ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य स्थानीय तहमा गरिएको परीक्षणको रिपोर्ट आउन बांकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार