ब्राजिलमा पछिल्लो २४ घण्टामा १२२६ जनाको मृत्यु

२०७७ श्रावण २३ शुक्रबार, एजेन्सी । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा १२२६ जनाको मृत्यु भएको छ ।  योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ हजार ६४४ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा कुल ५४ हजार ८०१ जना कोरोना संक्रमित भएका छन् ।  योसँगै कुल संक्रमितको संख्या २९ लाख १७ हजार ५६२ पुगेको छ ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म २० लाख ४७ हजार ६६० जना ठिक भएका छन् भने ७ लाख ७१ हजार २५८ जना संक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै ब्राजिलमा अहिले ८ हजार ३१८ जनाको आइसीयुमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार