धरानमा समुदाय स्तरमा काेराेना संक्रमण फैलिएको आशंका, दिन-रात खटिदैं स्वास्थ्यकर्मी

२०७७ श्रावण २३ शुक्रबार, सुनसरी । सुनसरीको धरानमा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएको आशंकामा साउन २० गतेदेखि समुदाय स्तरमा पिसिआर जाँच गर्ने क्रम जारी रहेको छ । धरानको सबै वडा उच्च जोखिम क्षेत्रमा परेकोले ५ सय जनाको स्वाब परीक्षण गर्ने लक्ष्य धरानका स्वास्थ्य महाशाखाले लिइएको छ ।

तर, संक्रमित संख्या बढ्दै गएको र कन्ट्याक ट्रेसिङबाट संख्या पनि थपिदै जाँदा स्वास्थ्यकर्मीलाई परिक्षण्मा चुनौती थपिनुका साथै रात दिन खटनुपर्ने बाध्यता समेत रहेको छ । यस्तो बाध्यतालाई धरानवासीले नबुझिदिएको स्वास्थ्य कर्मी लगायतका व्यक्तिहरुको गुनासो पनि छ । यदि धरानमा जनताले नै सबै कुरा बुझिदिएको भए यतिका युद्ध स्तरमा कोरोना फैलिने नै थिएन ।

विहिबारसम्म धरानमा ६६० जना संक्रमित पुगेका छन् । त्यसैले स्वास्थ्यको टोली दिउसो मात्र होइन, राती पनि स्वाब संकलनमा खटिएका धरान मेडिकल बिद्यार्थी समुहका अगुवा शशांक ताम्राकारले जानकरी दिए । स्वास्थ्यको टोलीलाई स्वाब संकलनको लागि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारको माइक्रोवायोलोजी विभागका माइक्रोवायोलोजिष्टहरुले समेत साथ दिएको उनको भनाई छ ।

दिनरात खटिएको यो टोलीलाई धरानका जनप्रतिनिधिहरुले प्रशंसा गरिरहेको भएपनि सर्वसाधारणहरुले तिनीहरुका समस्या भने बुझेको देखिदैन । स्वास्थ्यकर्मीहरु ‘दिनरात नभनी धरानका जनताको कोरोना परीक्षण गर्न खटिरहेका धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका कर्मचारी लगायतकाले आफुलाई जोखिममा राखेर भएपनि स्वाब संकलनको कार्य गरिहेका छन् ।

जहाँ स्वास्थ्य क्षेत्रका अगुवाहरुको उपस्थितीमा स्वाब संकलनमा हात्तिसारबाट माइक्रोबायोलोजिष्ट आशिष प्रधान, मोजेस चौधरी र आकृति गुरुङ खटिएका छन् । धरानमा बिहिबार मात्रै २३३ जनाको स्वाब संकलन गरिएको छ । ती मध्ये ४२ जना धरानको कोरोना ‘हटस्पट’ रहेको धरान ८ तीनकुनेमा रहेको औद्योगिक क्षेत्रको प्रिति भल्वका कर्मचारीहरुको लिइएको थियो ।

त्यस्तै दिनभर धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा स्वाब संकलन गरेको टोलीले राती करिब ८ बजेसम्म प्रिति भल्भमा पनि स्वाब संकलन गरेको स्वास्थ्य महाशाखा धरान उपमहानगरपालिकाका प्रमुख उमेश मेहताले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार