श्रीमानद्वारा श्रीमती र छोरीमाथि थिनर प्रहार

२०७७ श्रावण २३ शुक्रबार, काठमाडौं । चुच्चेपाटीमा एक पुरुषले श्रीमती र छोरीलाई थिनर (एसिड) प्रहार गरेका छन्। घरायसी विवाद हुँदा श्रीमती र छोरीलाई उनले थिनर प्रहार गरेको प्रहरीले जनाएको छ।

‘श्रीमती र छोरीलाई प्रहार गरेको देखियो। थप बुझ्द्छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने । थिनर एक प्रकारको केमिकल हो। केमिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उनलाई तिलगङ्गा आँखा अस्पताल लगिएको छ।

हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले थिनर प्रहार गरेका हुन्। उनी पेन्टिङको काम गर्ने र मदिरा सेवन गरेर आएपछि प्रहार गरेको खुलेको छ।

‘यो हिंसा हो, हामीले मानिस नियन्त्रणमा लिइसकेका छौं,’ एसएसपी ज्ञवालीले भने।

यसअघि, साउन ८ गते काठमाडौंको वाफलमा दुई पुरुषले २२ वर्षीय युवतीमाथि एसिड प्रहार गरेका थिए।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार