२०७७ श्रावण २३ शुक्रबार, एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। हालसम्म संक्रमितको कुल संख्या २० लाख २५ हजार ४ सय भन्दा बढी पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार १७० नयाँ संक्रमित भेटिएका छन्। यो एक दिनमा भेटिएका संक्रमितको आँकडामा अहिलेसम्मकै धेरै हो। यसअघि ३१ जुलाईमा सबैभन्दा बढी ५७ हजार ४८६ नयाँ संक्रमित थपिएका थिए।
यो सँगै भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ६ हजार नाघेको छ। कुल संक्रमितमध्ये १३ लाख ७७ हजार ३ सय भन्दा बढी संक्रमणमुक्त भइसकेका छन्। बिहीबार मात्रै त्यहाँ ५० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका थिए।
पछिल्लो २४ घण्टामा भारतमा ८९९ जना संक्रमितको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार ६३८ पुगेको छ।
भारतमा २१ दिनमै १० लाख नयाँ संक्रमित थपिएका छन्। जबकि यसअघि १ लाखबाट १० लाख संक्रमित पुग्न १ सय ६९ दिन लागेको थियो।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो