सुनिल बहादुर थापा अवैधानिक सहमहामन्त्री: रामचन्द्र पौडेल

२०७७ श्रावण २३ शुक्रबार, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपा त्यागेर काँग्रेसमा प्रवेश गरेका सुनिल बहादुर थापालाई दिएको सहमहामन्त्रीको जिम्मेबारी अवैधानिक भएको दावी गर्नुभएको छ ।

पार्टीको विधानमा हुदै नभएको सहमहामन्त्री पद सभापतिले दिएर नहुने उहाँले खबरकुञ्जसँग बताउनुभयो । फोरम लोकतान्त्रीक त्यागेर काँग्रेसमा प्रवेश गरेका विजय कुमार गच्छदारलाई उपसभापति बनाइएको भने बैधानिक नै भएको उहाँको भनाई छ ।

उहाँले गच्छदारलाई पार्टीले केन्द्रीय समितिले निर्णय गरेर उपसभापति बनाएको तर थापालाई सहमहामन्त्री बनाउदा भने केन्द्रीय समितिले निर्णय नगरेको बताउनुभयो ।

उहाँले थापालाई सहमहामन्त्री बनाएको विषयमा असन्तुष्टि जनाउदै नयाँलाई जिम्मेवारी दिदाँ पुरानालाई अपमान नहुनेगरी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार