माैन भारत सरकार

असाढ १,२०७७,एजेन्सी । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख पुगेको छ । जेठमा ३० दिनका लागि लकडाउन बढाएको भारतमा केही दिनयता दैनिक करीब १० हजार जनामा भाइरसको संक्रमण देखिएको छ।

लकडाउन खुकुलो भएसँगै जनजीवन सामान्य हुदैँ आएको छ । लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या ह्वात्तै बढेको छ। यस बिच भारतमा फेरि पूर्ण रुपमा लकडाउन लागू गर्ने बारे छलफल भइरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो टेलिकन्फरेन्स मार्फत गर्ने बैठकमा यस विषयमा छलफल हुन सक्ने जनाइएको छ । भारतको केन्द्र सरकारले फेरि पूर्ण रुपमा लकडाउन लगाउने बारेमा कुनै प्रतिक्रिया दिएको छैन।

बैठकमा सहरी क्षेत्रमा रहेको ‘संक्रमित जोन’ हरुमा लकडाउनमा कुनै छुट नदिने बारेमा चर्चा हुनेछ।

लकडाउन खुकुलो गर्दै केन्द्र सरकारले धेरै जिम्मेवारी राज्य सरकारहरुलाई दिएको थियो। तर,  भारतको केन्द्र सरकारलाई लकडाउन खुकुलो भएसँगै केही राज्यहरुको स्थिति बिग्रिएको रिपोर्ट प्राप्त भएको छ।

संक्रमितको संख्या यही गतिमा बढ्दै गए फेरि पूर्ण रुपमा लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् । तर मोदी सरकार हाललाई फेरि पूर्ण लकडाउन गर्ने पक्षमा नरहेको जनाइएको छ । केन्द्र सरकार ‘संक्रमित जोन’ को पहिचान गर्दै लकडाउन सहज बनाउने पक्षमा रहेको छ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार