साताको नेप्से; पाँच अर्ब २८ करोडको सेयर किनबेच

२०७७ श्रावण २३ शुक्रबार, काठमाडौं । नेप्से यो साता १३ सय ८१ दसमलव ३७ अंकमा पुगेर रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि दुई सय ८९ दसमलव ५५ अंकमा पुगेर रोकिएको छ ।यो साता नेप्सेमा एक सय ७४ कम्पनीहरुको ८५ हजार छ सय वटा कारोवारमा एक करोड ५७ लाख ९३ हजार नौ सय ७० कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब २८ करोड ६४ लाख ५५ हजार पाँच सय ६५ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा कम हो ।

नेप्सेमा गत साता भने एक सय ७५ कम्पनीहरुको एक लाख २९ हजार एक सय ७८ वटा कारोवारमा एक करोड ९२ लाख ७५ हजार ३५ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम आठ अर्ब दुई करोड २३ लाख ४० हजार सात सय ४४ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोवार कक्ष चार कार्यदिन मात्र खुल्ला रहेको थियो । सो मध्ये पहिलो, चौथो र पाँचौं दिन नेप्से घटेको थियो भने चौंथो दिन नेप्से बढेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ४२ दसमलव ७८ अंकले घटेर १३ सय ९६ दसमलव २८ अंकमा झर्दा सेन्सिटिभ पनि आठ दसमलव १८ अंकले घटेर दुई सय ९२ दसमलव ७७ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से सात दसमलव ५९ अंकले बढेर १४ सय तीन दसमलव ८६ अंकमा पुगेकोमा सेन्सिटिभ पनि एक दसमलव ४७ अंकले बढेर दुई सय ९४ दसमलव २४ अंकमा पुगेको थियो ।

तेसे दिन नेप्सेको नियमित कारोवार कक्ष बन्द रहेको थियो । चौंथो दिन नेप्से २१ दसमलव दुई अंकले घटेर १३ सय ८२ दसमलव ६६ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दसमलव ६१ अंकले घटेर दुई सय ९६ दसमलव ७३ अंकमा पुगेको थियो । अन्तिम कारोवार नेप्से एक दसमलव २९ अंकले घटेर १३ सय ८१ दसमलव ३७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ६३ अंकले घटेर दुई सय ८९ दसमलव ५५ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, प्रभु बैंकको संस्थापक सेयर आदि परेकाछन् । कारोवार भएको सेयर संख्याको आधारमा भने यो साता नेपाल पुर्नबीमा कम्पनी, एनएमबी बैंक, एनआईसी एशिया बैक आदि परेकाछन् । बजार पुंजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् ।

यो साता प्रभु इन्स्योरेन्स कम्पनी, ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्था, एक्सेल डेभलपेन्ट बैंक, कुमारी बैंक, सोल्टी होटल लगायतका संस्थाहरुको बोनस सेयर सुचीकृत भएकाछन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार