चीनमा अर्को भाइरस फेला, ६० जना संक्रमित ७ जनाको मृत्यु

२०७७ श्रावण २३ शुक्रबार, एजेन्सी । चीनमा एक पछि अर्काे नया भाइरसहरु देखिइरहेका छन् । हाल विश्वमा ताण्डव मच्चाइरहेको कोरोना भाइरस चीनबाट सुरु भएको थियो भने त्यसपछि हान्ता नामक भाइरस पनि चीनमा देखा परेको थियो ।

पछिल्लो समय चीनमा फेरी अर्काे भाइरस फेला परेको छ । जसको कारण ७ जनाले ज्यान गुमाइसकेका छन भने ६० भन्दा बढी संक्रमित रहेका छन् । एसएफटिएस नाम दिइएको उक्त भाइरसलाइ बुन्या भाइरस पनि भन्ने गरिन्छ ।

माकुरा जस्तो देखिने जीवले टोकेको खण्डमा यो भाइरस लाग्ने र यसको कारण मृत्यु नै हुन सक्ने स्वास्थ्य कर्मीहरुले बताएका छन् ।
हालसम्म चीनमा ७ जनाले यस भाइरसको कारण मृत्यु भएको जनाइएको छ ।

पुर्वी चीनको जिआंगसु प्रान्तमा उक्त भाइरसबा ३७ जना संक्रमित भएका छन् भने अनहुइ प्रान्तमा २३ जनामा संक्रमण देखिएको छ ।

बिरामीमा रगत प्लेटलेट्सको कमी

यस भाइरसको कारण विरामीहरुमा ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षण देखिए । त्यसैगरी विरामीको शरीरमा ल्युकोसाइट अर्थात रगत प्लेटलेट्सको कमी भएको पाइएको थियो ।

कसरी सर्छ ?

बिरामीको पसिना र रगतको माध्यमबाट यो रोग सर्ने सम्भावना रहेको छ । चाइनिज स्वास्थ्यकर्मीका अनुसार यसबाट धेरै चिन्ता गर्नुपर्ने छैन । हालसम्म यो रोग पुर्ण नियन्त्रणमा रहेको छ ।

यो नयाँ भाइरस भने होइन

यो भाइरस नया होइन चाइनिज मिडियाका अनुसार २०११ म यो भाइरस वैज्ञानिकले पत्ता लगाएका थिए । यो एसएफटिएस बुन्याभाइरस अन्तर्गत पर्दछ । यो भाइरस लागेको खण्डमा मर्ने सम्भावना १२ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार