२०७७ श्रावण २३ शुक्रबार, एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड २३ लाख ७२ हजार ८०६ पुगेको छ । यस्तै संक्रमित हुनेको संख्या एक करोड ९२ लाख ७५ हजार ५६१ पुगेको छ। जसमध्ये ७ लाख १७ हजार ९३८ जनाको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५० लाख ३२ हजार ५४७ पुगेको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ६२ हजार ८०५ पुगेको छ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २९ लाख १७ हजार ५६२ जना संक्रमित भएकोमा ९८ हजार ६४४ जनाले ज्यान गुमाएका छन्। यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ २० लाख ३० हजार १ जनामा संक्रमण भएकोमा ४१ हजार ६७३ भन्दा धेरैको ज्यान गएको छ।
रसियामा ८ लाख ७७ हजार १३५ जना संक्रमित भएका छन् भने १४ हजार ७२५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ५४ हजार ५३० संक्रमित भएकोमा २८ हजार ५०० जनाले ज्यान गुमाएका छन्।
बेलायतमा ३ लाख ८ हजार १३४ संक्रमित भएकोमा ४६ हजार ४१३ जनाको मृत्यु भइसकेको छ।पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ५५ हजार ४०९ छ भने २० हजार ४२४ जनाको मृत्यु भइसकेको छ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो