प्रधानमन्त्री ओली र निकटहरुको फेरि स्वाब संकलन

२०७७ श्रावण २३ शुक्रबार, काठमाडौं । कोरोना भाइरसको परीक्षणका लागि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ।

प्रधानमन्त्रीका साथै प्रधानमन्त्रीसँग नियमित सम्पर्क हुनेहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएकाे हो।

मन्त्री यादव केही दिनअघि प्रहरी समायोजन सम्बन्धी बालुवाटारमा भएको बैठकमा सहभागी थिए। उनी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातैवटा प्रदेशका आन्तरिक मामिला मन्त्री, गृहसचिव लगायतसँगको बैठकमा सहभागी भएर फर्किएका थिए।

काठमाडाैँबाट फर्किएपछि गरिएको पीसीआर परीक्षणमा मन्त्री यादवलाई कोरोना संक्रमण देखिएकाे थियो।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार