२०७७ श्रावण २३ शुक्रबार, एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्ग सय अर्ब डलर नेटवर्थ भएको व्यापारीको सुचीमा पुगेका छन् ।
फेसबुक इंक को शेयरमा वृद्धिको कारण उनलाई नाफा भएको हो । ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सको रिपोर्ट अनुसार, मार्क जुकरबर्ग पहिलो पटक यस सुचीमा परेका हुन् ।
सय अर्ब डलर क्लबमा अमेजनका संस्थापक जेफ बेजोस र माइक्रोसफ्टका बिल गेट्स रहेका छन् ।
बिहिवार अमेरिकाको स्टक एक्सचेन्ज इन्डेक्समा फेसबुकको शेयर सात प्रतिशतले वृद्धि भएर अहिले सम्मको सबैभन्दा उच्च दुई सय ६६ दशमलब छ डलरको स्तर पुगेको थियो ।
ब्लूमबर्गको अनुसार, कोरोना महामारीको कारण अमेरिकाको अर्थव्यवस्था तिब्र गतिमा तल भएको छ तर सबै भन्दा धेरै प्रविधि कम्पनिका संस्थापकको नेटवर्कमा यस वर्ष भारी वृद्धि भएको छ ।
अहिले विश्वमा प्रविधिको सर्वाधिक प्रयोग भएको कारण यस्तो भएको हो ।
कति छ जुकरबर्गको सम्पति?
मार्क जुकरबर्गलाई सन् २०२० को अहिले सम्म करिब २२ अर्ब डलर फाइदा भएको छ । त्यस्तै जेफ बेजोसको सम्पतिमा ७५ अर्ब डलर भन्दा अधिक नाफा भएको छ ।
फेसबुकका प्रतिस्पर्धी कम्पनी टिकटक हटाइने सम्भावनालाई मध्यनजर गर्दै फेसबुक इंकको शेयर रेकर्ड उच्च भएको हो, त्यसपछि जुकरबर्ग निकै माथि पुगे र पहिलो पटक सय अर्ब डलर क्लबमा सहभागी भए।
यस वर्ष टेन्सेन्ट होल्डिंगका सीईओ पोनी मा को सम्पति पनि १७ अर्ब बढेर ५५ अर्ब डलर पुगेको छ र पिनडुओडुओ इंकका प्रमुख कोलिन हुआंग को कुल सम्पति १३ अर्ब डलर बढेर ३२ अर्ब डलर पुगेको छ । उक्त क्लबमा केवल यहि तीन जना रहेका छन् । फेसबुकमा जुकरबर्गको १३ प्रतिशत सेयर रहेको छ ।
एप्पल, अमेजन, अल्फाबेट गुगल, फेसबुक र माइक्रोसफ्टको बजार पूंजीकरण अमेरिकाको कुल सम्पूर्ण घरेलु उत्पादनको ३० प्रतिशत बराबर छ । यो तथ्यांक पछिल्लो दुई वर्षको तुलनामा दोब्बर भएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो