२०७७ श्रावण २४ शनिबार, काठमाडौं । नायिका पुजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो शारिरीक हाउभाउलाई लिएर अत्यन्त क्षुब्ध शब्द प्रयोग गरेर मानहानी गरेको बताएकी छन् । अन्तरवार्ताका लागि प्रकाश सुवेदीले बोलाउँदा आफु विगतको अन्तरवार्ताबाट मानसिक तनावमा रहेकोले आउन नसकेको बताउँदा एपी वान टेलिभिजनमा रजतपट फिल्मी कार्यक्रम सञ्चालन गर्ने प्रकाश सुवेदीले अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गरेको जिकिर गरेकी छन ।
नायिका पुजाले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुले प्रकाशलाई प्राइमटाइम टेलिभिजनमा अन्तरवार्ताका क्रममा गल्तीहरु बोलेकोले इडिट गरेर प्रकाशित गर्न अनुरोध गरेपनि पछि इडिट नगरी प्रकाशित गरिदिएको समेत बताएकी छन् । अन्तरवार्तामा आफुबाट गल्ती भएको अन्तरवार्ता प्रकाशित भएपछि चैं आफु ट्रोलको शिकार भएको र पुनः त्यस्तै हुने होकी भनेर सचेत भएर प्रकाश सुवेदीले बोलाउँदा जान नसकेको बताएकी छन् ।
कतिचूप रहने ?कति सहने?Prime tv मा अन्तर्वार्तामा बोलाइयो गएँ सामान्य ज्ञान संग सम्बन्धित प्रश्न गरियो Interview चल्दा…
Gepostet von Pooja Sharma am Freitag, 7. August 2020
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो