कार अनियन्त्रित हुँदा दुर्घटनाः तीन जनाको मृत्यु, एक गम्भीर

२०७७ श्रावण २४ शनिबार, रुपन्देही । रोहिणी गाउँपालिका-४ छिपागडस्थित हुलाकी सडकखण्डमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ गम्भीर घाइते भएका छन् । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नं. को कार नियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार कार पल्टिँएर सडकबाट १० मिटर तल पुग्दा ४ जना घाइते भएका थिए । घाइतेलाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परेर रुपन्देही ओमसतिया गाउँपालिका – बालापुरका देवेन्द्र चौधरीको मृत्यु भएको छ अन्य २ जनाको परिचय खुल्न सकेको छैन । घाइते रुपन्देही सिद्धार्थ नगरपालिका-४ का ३० वर्षीय अनिल यादव रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार