जनता समाजवादी पार्टीमा पुर्वप्रधानमन्त्री भट्टराई चौथो बरियतामा: नेता सुमन

२०७७ श्रावण २४ शनिबार, काठमाडौं । पुर्वप्रधानमन्त्री तथा तत्कालिन नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई नयाँ बनेको जनता समाजवादी पार्टीको चौथो बरियतामै पर्नुभएको छ ।

केही दिनदेखि काठमाडौमा जारी केन्द्रीय समितिको बैठकमा उहाँको बरियताको विषयमा कुरा उठेपनि निर्णय हुन भने सकिरहेको छैन । पार्टीका नेता मनिष सुमनले बैठकमा बरियताका विषयमा कुनै विवाद नरहेको खबरकुञ्जसँग दावी गर्नुभयो ।

उहाँले पुर्वप्रधानमन्त्री भट्टराई आफ्नो पार्टीको शिर्ष नेता भएकाले बरियताको विषयमा समस्याको रुपमा नरहेको बताउनुभयो । नेता सुमनले पार्टीमा महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई पछि डा बाबुराम भट्टराईको बरियता तय गरिएको स्मरण गराउनुभयो ।

यसअघि पार्टी दर्ता गर्नेक्रममै उहाँलाई चौथो बरियतामा राखेर दर्ता गरिएको थियो । “पार्टीको बैठकमा धेरै विषयमा छलफल भएका छन्, तर विवाद नै भएको भने होईन, नेताहरुले हामीलार्य प्रशिक्षीत गर्नुभएको छ, उहाँले भन्नुभयो ।

बैकठमा बोल्ने क्रममा नसकिएकाले बैठक आजै सकिने वा भोलीसम्म लम्बिने भन्ने एकिन भइनसकेको पनि उहाँले खबरकुञ्जलाई जानकारी दिनुभयो । बैठकमा सामाजिक दुरी कायम गर्ने लगायतका अत्यावश्यक नियमहरु पालना गरिएको उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार