२०७७ श्रावण २४ शनिबार, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका १ करोड लाख २५ लाख हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १ करोड २५ लाख ४५ हजार ६ सय २८ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख २४ हजार ८१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड ९५ लाख ४५ हजार ३२६ छ ।सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ६४ हजार ९४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५० लाख ९५ हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६३ हजार २ सय ४६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २ सय ९० जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या २९ लाख ६७ हजार ६४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ५८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ९९ हजार ७०२ पुगेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ५७८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ४५५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २० लाख ८८ हजार ६११ पुगेको हो ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो