२०७७ श्रावण २४ शनिबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९३३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४२ हजार ५१८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६१ हजार ५३७ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब २० लाख नाघेको छ । भारतमा कुल संक्रमित २० लाख ८८ हजार ६१२ पुगेको छ । भारतमा अहिलेसम्म १४ लाख २७ हजार ६ जना ठिक भएका छन् भने ६ लाख १९ जार ८८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
भारतमा अहिलेसम्म कुल २ करोड ३३ लाख ८७ हजार १७१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख ९८ हजार ७७८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो