गृहमन्त्री थापाको रिपोर्ट नेगेटिभ

२०७७  श्रावण २४ शनिबार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार साँझ प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट गरेका गृहमन्त्री थापासहित अन्य प्रदेशका मन्त्रीहरुको कोरोना परीक्षण गरिएको गृहमन्त्री थापाको सचिवालयले जनाएको छ ।

“सम्पर्कमा रहेका प्रदेश २ का मन्त्रीलाई कोरोना पुष्टि भएपछि गृहमन्त्रीज्यूले बिहीबार स्वाब परीक्षणका लागि दिनुभएको थियो ।

रिपोर्ट नेगेटिभ छ ।” सचिवालयका एक सदस्यले भनेका छन् । झण्डै एक हप्ताअघि मन्त्री यादव काठमााडैंमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेर प्रदेश फर्किएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार