पर्साका एक मेयरसहित ५५ जनामा कोरोना पुष्टि

२०७७  श्रावण २४ शनिबार, काठमाडौं । पर्साका एक जना मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए।

शुक्रबार राति गरिएको परीक्षणमा सबै भन्दा बढी पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै बारा जिल्लाका दुई र सर्लाही जिल्लाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ।

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहमा पनि शुक्रबार राति गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको छ। बहुदरमाई नगरपालिकाका ९ जना स्वास्थ्यकर्मीसहित त्यहाँका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीरगञ्ज १० का ६ जना, ११ का चार, वडा नम्बर १६ का चार तथा वडा नम्बर १२ का दुई जनामा पनि कोरोना संक्रमण देखिएको छ । यस्तै पर्साको बिन्दबासिनी गाउँपालिकाका एक, छिपहरमाई गाउँपालिकाका दुई जना, सेनाका एक जनामा समेत कोरोना संक्रमण देखिएको छ ।

संक्रमण देखिनेमा दुगड ग्रुपका दुई कर्मचारीसमेत रहेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार