काेराेना संक्रमित बलिउड अभिनेता अभिषेक बच्चन निकाे भए

२०७७  श्रावण २४ शनिबार, काठमाडौं । कोरोना संक्रमित भइ उपचाररत बलिउड अभिनेता अभिषेक बच्चन निको भएका छन् ।

उनले शनिबार ट्वीट गर्दै दिउँसाे गरिएकाे कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको सार्वजनिक गरेका हुन् ।

उनका बुबा अमिताभ बच्चन पनि कोरोना संक्रमित भएर उनीभन्दा अघि ठिक भइसकेका छन् ।

नानावती अस्पतालमा भर्ना भएका अभिषेकले उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार