सशस्त्रद्वारा दुई लाख मूल्य बराबरको अवैध कपडा बरामद

२०७७  श्रावण २४ शनिबार, कञ्चनपुर । कञ्चनपुरको पुनर्वासबाट सशस्त्र प्रहरीको टोलीले दुई लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ ।

शनिबार बिहान भारतीय सीमावर्ती बजार बसहीबाट भन्सार छली गरी नेपाल भित्र्याइएको अवस्थामा पुनर्वास नगरपालिका वडा नम्बर ४ आमताल नजिकै जमुनाघारीबाट दुई वटा साइकलमा ल्याइएको अवैध कपडा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट आनन्दबजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टले जानकारी दिनु भएको छ ।

सशस्त्र प्रहरी निरीक्षक बिष्टका अनुसार सशस्त्रको टोली देखेपछि साइकल सहितको अवैध कपडा छोडेर तस्करहरु फरार भएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार