२३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित एक पक्राउ

२०७७  श्रावण २४ शनिबार, विराटनगर । विराटनगर महानगरपालिका १६ दरैयाबाट २६७ ग्राम १२० मिलिग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन ।

करीब २३ लाख ७१ हजार रुपैयाँ बराबरको सुनसहित बिराटनगर-१७ का ५५ बर्षीय शेमपेन गुप्ता पक्राउ परेका हुन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बख्रीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

साइकलमा दुध बोकी हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा सुन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार