चितवनको माडीमा रामको भब्य मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन

२०७७  श्रावण २५ आइतबार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको माडीमा भगवान श्रीरामको भब्य मन्दिर बनाउन निर्देशन दिएका छन् । शनिवार साँझ बालुवाटारमा माडीका जनप्रतिनिधिहरुसागको भेटमा उनले भगवान रामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले फोन गरेर माडी नगरपालिकाका जनप्रतिनिधिहरुलाई शनिबार बालुवाटार बोलाएका हुन् ।
झण्डै दुई घण्टा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको बताए ।

उनले भने, ‘रामको जन्भभूमि अयोध्यापुरी नै हो । त्यहाँ रामको भब्य मन्दिर बनाउनुस्, ‘त्यो क्षेत्रलाई अयोध्याधामकै रुपमा विकास गर्न मास्टर प्लान बनाएर पठाउनुुस् ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार