२०७७ श्रावण २५ आइतबार, एजेन्सी । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा ८४१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ। ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख ५४३ जनाको मृत्यु भएको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी कोरोना प्रभावित देश हो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट एक लाख ६५ हजार ४१ जनाले ज्यान गुमाएका छन् भने ५१ लाख भन्दा बढी संक्रमित भएका छन् । साथै पछिल्लो २४ घण्टामा कुल ४६ हजार ३०५ जना कोरोना संक्रमित भएका छन् । योसँगै कुल संक्रमितको संख्या ३० लाख १३ हजार ३६९ पुगेको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म २० लाख ९४ हजार २९३ जना ठिक भएका छन् भने ८ लाख १८ हजार ५३३ जना संक्रिय संक्रमित रहेका छन् । ब्राजिलमा अहिले ८ हजार ९४४ जनाको आइसीयुमा उपचार भइरहेको छ ।




फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो