सांसद कृष्णा केसीलाई कोरोना संक्रमण पुष्टि

२०७७  श्रावण २५ आइतबार, काठमाडौं । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना)लाई कोरोना भाइरस (कोभिड१९)को संक्रमण पुष्टि भएको छ । उनले शनिबार राति फेसबुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका-९ की सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।

सांसद केसीले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार