बुद्ध ‘महान भारतीय’- भारतीय विदेशमन्त्री जयशंकर

२०७७ श्रावण २५ आइतबार, एजेन्सी । भारतीय विदेशमन्त्री एस. जयशंकरले बुद्धलाई ‘भारतीय नागरिक’ भनेका छन् । शनिबार भएको एक भर्चुअल सम्मेलनमा जयशंकरले बुद्धलाई ‘महान भारतीय’भनेका हुन् ।

जयशंकरले कन्फेडरेसन अफ इन्डियन इन्डस्ट्रीजद्वारा आयोजित इन्डिया एट ७५ भर्चुअल सम्मेलनमा भने, ‘हामी सबैले आज सम्मकै महान भारतीय भनेर दुईजनालाई चिन्ने हो, पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी ।’ यी दुईलाई पूरै विश्वले महान् भारतीयका रुपमा चिन्ने उनको भनाई थियो ।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विभिन्न सम्बोधनका क्रममा बुद्धलाई भारतीय भनेको विषयको व्यापक विरोध भएको थियो । अब अहिले भारतका विदेशमन्त्रीले बुद्धलाई भारतीय भनेपछि नेपालमा सामाजिक संजाल र मिडियामा विरोध शुरु भएको छ । बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको पुरातात्विक तथ्यहरुले प्रमाणित गरिसकेको छ । सँसारभर नेपाललाई बुद्धको जन्मभुमिका रुपमा चिनिन्छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बुद्ध भारतको भन्ने विदेशमन्त्री जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन् । प्रवक्ता शर्माले सामाजिक संजालमार्फत ‘आवेगको जवाफमा आवेग´पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन, भनेका छन् ।

उनले `बुद्ध नेपालमा जन्मिएका हुन्´ भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं  भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा नेपाल बुद्ध भूमि हो भनेर बोलेपछि यो विषय खारेज भैसकेको भन्दै आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार