चेपाङको घर जलाएर मन्दिर बनाउँदा भगवान रामले क्षमा देलान् ?

२०७७ श्रावण २५ आइतबार, काठमाडौं । चितवनको माडीस्थित अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्रीले दिएको निर्देशनप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा टिप्पणी गरेका छन् ।

शनिबारमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले माडी नगरपालिका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने काम अघि बढाउन निर्देशन दिएका थिए । सामाजिक संजालमा प्रवक्ता शर्माले भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? भन्दै प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान् राम कि घर जलेका भक्तले क्षमा देलान् भन्दै कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिशन लिम्पियाधुरा’लाई बल पुग्ला भन्दै प्रश्न गरेका छन् ।

प्रवक्ता शर्माले लेखेका छन् – ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ती मिल्ला कि `मिशन लिम्पियाधुरा´लाई बल पुग्ला प्रधानमन्त्री केपी  शर्मा ओली ?

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार