थप ३८० जनामा कोरोना संक्रमण, उपत्यकामा भेटिए ९२ काेराेना सक्रंमित

२०७७ श्रावण २५ आइतबार, काठमाडौं । आइतबार  नेपालमा  थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २२ हजार ९७२ पुगेको छ ।

कोरोना संक्रमण निको भइ १६ हजार ३५३ जना डिस्चार्ज भएका छन् ।

आइतबार काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितमध्ये काठमाडौंका ९० र  ललितपुरका २ जना छन्। उनीहरूको उपत्यकाका सात वटा प्रयोगशालाहरूमा परीक्षण गरिएको हो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार