कोरोनाबाट थप १ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७६ पुग्यो

२०७७ श्रावण २५ आइतबार, काठमाडौं । कोरोना संक्रमणका कारण जिल्लामा तेस्रो व्यक्तिको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार दिउँसो ३ बजे कोरोना संक्रमित कोहलपुर वडा नं–२ की एक ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

बाँकेमा यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बाँकेको नरैनापुर गाउँपालिकाका एक पुरुष तथा बैजनाथ गाउँपालिकाकी एक महिलाको मृत्यु भइसकेको छ । योसँगै नेपालमा मृतकको कुल संख्या ७६ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार