२०७७ श्रावण २६ साेमबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा ४९३ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ६५ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ६५ हजार ५७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ४६ हजार ४२७ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५१ लाख ९८ हजार २२ पुगेको छ । अमेरिकामा अहिलेसम्म २६ लाख ६३ हजार ९५४ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २३ लाख ६८ हजार ४९२ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १७ हजार ८९७ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ८४० जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ५० हजार ४२८ जना संक्रमित भएका छन् ।
न्यूजर्सीमा १५ हजार ९४५ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ९० हजार ३०३ जना संक्रमित भएका छन् ।क्यालिफोर्नियामा १० हजार ३८० सयको ज्यान गएको छ भने मसाचुसेट्समा ८ हजार ७३५ जनाको ज्यान गएको छ ।
त्यस्तैगरि टेक्सासमा ८ हजार ६१३, फ्लोरिडामा ८ हजार १८६, इलिनियोइसमा ७ हजार ८४५, पेन्सिलभेनियामा ७ हजार ३९६, मिचिगनमा ६ हजार ५२०, कोनेक्टीकटमा ४ हजार ४४१, लुसियानामा ४ हजार २६३ जना, जर्जियामा ४ हजार १९९, एरिजोनामा ४ हजार १५०, ओहियो ३ हजार ६७०, मेरिल्याण्डमा ३ हजार ५५८, इन्डियानामा ३ हजार ४१ र भर्जिनियामा २ हजार ३२६ जनाको मृत्यु भएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो