आज सुन र चाँदीको मुल्यमा गिरावट

२०७७ श्रावण २६ साेमबार, काठमाडौं । सोमबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रति तोला एक लाख २ हजार ४ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार सुन प्रतितोला एक लाख २ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख एक हजार ९ सयमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ ।

महासंघका अनुसार सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदीको मुल्य एक हजार ४१० प्रति तोला रहेको थियो ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार