२०७७ श्रावण २६ साेमबार, काठमाडौं । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट एक हजार ७ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४४ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४४ हजार ४८६ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६२ हजार ६४ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २२ लाख नाघेको छ । भारतमा कुल संक्रमित २२ लाख १५ हजार ७५ पुगेको छ ।यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म १५ लाख ३५ हजार ७४४ जना ठिक भएका छन् भने ६ लाख ३४ हजार ९४५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड ४५ लाख ८३ हजार ५५८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४ लाख ७७ हजार २३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो