एभरेष्ट बैंकको कर्मचारीमा पनि कोरोना संक्रमण

२०७७ श्रावण २६ साेमबार, काठमाडौं । एभरेष्ट बैंकको दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । एभरेष्ट बैंकका दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको जनाइएको हो ।

बैंकको काठमाडौंस्थित लाजिम्पाटमा रहेको मुख्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बैंकको लेखा र एक जना सवारी चालकमा कोरोना भाइरस देखिएको छ । बैंकको केन्द्रीय कार्यालय दुई दिनका लागि सिल गरिएको छ । सबै कर्मचारीहरुलाई होम आईशोलेशनमा राखेर कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । केन्द्रीय कार्यालय नै सिल भएपछि सो बैंकको हेडक्वाटर दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

बैंकको कपिलबस्तु र लुम्बिनी शाखामा कार्यरत कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । सो बैंकबाट गत शुक्रबार कर्मचारीहरुको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा आइतबार कोरोना संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार