अप्रत्याशित भिडभाड हुन थालेपछि पर्यटकीय स्थलहरू प्रवेशमा रोक

२०७७ श्रावण २६ साेमबार, कञ्चनपुर ।अप्रत्याशित भिडभाड हुन थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा रहेका पर्यटकीय स्थलहरू प्रवेशमा रोक लगाइएको छ ।
जंगली हात्तीको आक्रमणबाट हुन सक्ने दुर्घटना न्युनीकरण गर्न र कोरोना भाइरस रोकथामका लागि पर्यटकीय क्षेत्र प्रवेशमा रोक लगाइएको वडाध्यक्ष बहादुर सिंह महराले बताउनु भयो ।
उक्त वडा भित्र पर्ने बतासे झरना, शुक्ला झरना, शुक्लाताल, निलताल, मणिका ताल, सुनदेवी ताल, दन्ते गुफा, शिव लिंगा, धारापानी पर्यटकीय क्षेत्र, मणिका धाम र थारु संग्रहालय प्रवेशमा रोक लगाइएको वडाध्यक्ष महराको भनाइ छ ।
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार