युएईको उडान स्थगित, नेपाली अलपत्रै

असार २,२०७७,एजेन्सी । नेपाली दूतावास आबुधाबीले सोमबार सुचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको छ । नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको हो । असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारणले उडान स्थगित भएको जानकारी दिएको छ ।

उडान रद्धबारे सूचना आइतबारै दूतावासले दुतावासको आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । तर उक्त सूचना तत्काल हटाएर सोमबार फेरि अर्को सूचना जारी गर्दै उडान स्थगित भएको बताएको छ । अर्को उडान कहिले हुन्छ भन्नेबारेमा केही खुलाइएको छैन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले जनाएको छ ।

तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार