२०७७ श्रावण २६ साेमबार, काठमाडौं । कलिउड अभिनेता अनमाेल केसी र अभिनेत्री उपासना सिंह ठकुरीकाे काेराेना भाइरस (काेभिड १९) रिपाेर्ट नेगेटिभ आएको छ । केहीदिन अघि गरिएकाे दुवैकाे पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
अनमोल र उपासनाले एक साता अगाडी यामाहाको एक स्कुटर विज्ञापनको लागि फोटोसुट गराएका थिए । फोटोसुटमा संलग्न एक महिलामा कोरोना संक्रमण देखिएपछि दुवै जनाले परीक्षण गराएका हुन् ।
उपासनाको शुक्रबार साँझ र अनमोलको आइतबार आएको रिपोर्टमा काेराेना नेगेटिभ देखिएकाे हाे ।
अनमोल र उपासना दुवै अहिले फुर्सदमा छन् । अनमाेलको चलचित्र ‘ए मेरो हजुर ४’ लकडाउनका कारण छायांकनको चरणमै राेकिएकाे छ भने उपासनाकाे काम ठप्प जस्तै छ । अहिले फुर्सदकाे समय उनीहरू विज्ञापनहरु छायांकन गरिरहेका छन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो