किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय संक्रमितको मृत्यु

२०७७ श्रावण २६ साेमबार, काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालका ५० वर्षीय एक पुरुष मृत्यु भएको हो ।

निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका उनको कोरोनाको शंका लागेर परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

उनको आईसीयूमा उपचाररत गरिरहँदा सोमबार उनको मृत्यु भएको अस्पतालस्रोतले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार